ओमको बिशेष साधारणसभा ।

Om Special General Meetingओम डेभलपमेन्ट बैंक लिमिटेडले बिशेष साधारणसभा सम्पन्न गरेको छ । २०७३ चैत्र १ गते पोखरामा बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा बसेको बिशेष साधारणसभाले मनास्लु विकास बैंकसंग मर्जरको लागि स्विकृती प्रदान गरेको छ भने मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद शेयर र चालु आ.ब.को मुनाफाबाट बोनश शेयर जारी गरि बैंकको चुक्ता पुंजी २ अर्ब ५४ करोड पुर्याउने पुंजी योजना बनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले स्वागत मन्तब्य राख्नुभएको थियो ।

२०७३ पौष मसान्तको वित्तीय विवरणको आधारमा मर्जरपछि बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड, कर्जा १३ अर्ब २७ करोड, शाखा संख्या ४२ र ग्राहक संख्या १ लाख ७० हजार ग्राहकहरु पुग्ने ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिनुभयो । मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको थियो ।

Leave a Reply