ओमको मुनाफा २९ करोड ८९ लाख

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पौष मसान्तसम्म १२ अर्ब ९८ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा तथा १९ करोड २ लाख खुद मुनाफा गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ भने निक्षेप तरलता अनुपात २३.१३ प्रतिशत रहेको छ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरमा जानको लागि सैदान्तिक सहमति प्राप्त भईसकेको छ भने आस्वा प्रणालीको लागि पनि स्वीकृती प्राप्त गरिसकेको ब्यहोरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।

Leave a Reply