ओमको हकप्रद शेयर आजदेखी

ओम डेभलपमेन्ट बैंक लिमिटेडले १० बराबर ३ अर्थात ३० प्रतिशतको अनुपातमा प्रती शेयर रु १००/- अन्कित दरको ४९,३१,८३५ कित्ता हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला आज मिती २०७४/०६/२३ गतेका दिन देखी २०७४/०७/२६ गतेसम्म गरेको हुँदा सम्बन्धित सबै शेयधनी महानुभाबहरुको जानकारीको लागि अनुरोध गर्दछौ।
बैंकको हालको चुक्ता पुंजी १ अर्ब ६४ करोड ३९ लाखको ३० प्रतिशतले हुने आउने ४९ करोड ३१ लाख बराबर रकमको हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुंजी २ अर्ब १३ करोड ७१ लाख पुग्नेछ । बैंकको गत आ ।ब । २०७३/७४ को चौंथो त्रयमाशको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले शेयरधनिहरुलाई २३।५ प्रतिशत बोनश शेयर बितरण गर्न सक्ने देखिएकोले हकप्रद र बोनश शेयर बितरण गरेपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा माथि पुग्नेछ ।
बैंकले आर्थिक बर्ष २०७३/७४ मा १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरी ४३ करोड ३४ लाख खुद मुनाफा गरेको थियो । हाल ४१ वटा शाखा रहेको बैंकले नेपाल राष्ट्र बैंकबाट १२ वटा नयां शाखा खोल्न स्वीकृती प्राप्त गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताउनुभयो ।