११ औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

Blood Donation

Blood Donation 1

 

 

 

 

 

 

 

ओम डेभलपमेन्ट बैंक लिमिटेडले आप्नो स्थापनाको १० औँ बर्ष पूरा गरी ११ आँैबर्षमा प्रवेश गरेको शुभअवरमा बैंकले पोखरा चिप्लेढुंगा स्थित प्रधान कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष श्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा बैंकका सञ्चालक श्री राजेन्द्र कुमार बाटाजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँहरुले रक्तदानको महत्व र यसको
आवश्यकताका वारेमा बोल्नु भएको थियो । यस कार्यक्रममा जम्मा १०१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।
नियमित बैंकिङ्ग तथा वित्तिय सेवाका अलावा, यस बैंकलेसामाजिक उत्तरदायित्व बहन गरि जिम्मेवार संस्थाको भुमिका निर्वाह गर्ने क्रममा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ, । यसैक्रममा मिति २०७४ आश्विन ८ गते पोखरा, नारायणगढ र काठमाडौँमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी सर्वसाधारणमा  बैंकिंग सचेतना फैलाउने कार्यक्रम गरेको थियो । यसरी नै महानगरपालिकाहरुद्धारा आयोजित नियमित सरसफाइका कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेको छ र यसलाई आगामी दिनमा निरन्तरता दिइरहने
प्रतिवद्धता बैंकले जनाएको छ ।

यस ओम डेभलपमेन्ट बैंक लि. र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दिगो आर्थिक विकास कार्यक्रम (Sustainable Economic Development in Rural Areas, Nepal) कार्यक्रम कर्जा लगानी गर्नको लागि सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयको तर्फबाट सह–सचिब लाल बहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट
कार्यकारी निर्देशक उपेन्द्र पौडेल, ओमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र केएफडब्लु डेभलपमेन्ट बैंक लि.को प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो